नेकपा माओवादी केन्द्रका कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी सरकारबाट एमाले चाँडै बाहिरिनुपर्ने बताएका छन् ।
‘त्यसैले एमाले चाँडो भन्दा चाँडो सरकारबाट बाहिरिएर आफ्नो नैतिकता प्रदर्शन गरोस्’, उनले भने ।
मुख्यमन्त्री केदार कार्की कांग्रेस सांसद भएर पनि गठबन्धनको भावना आत्मसात नगरेको भन्दै उनले आफूहरुले गठबन्धनको भावना अनुसार विश्वासको मत दिएको बताए ।
माओवादी केन्द्र एमाले नेतृत्वको सरकारमा रहँदा अहिलेका मुख्यमन्त्री कार्कीले सत्ता गठबन्धनको भावना अनुसार सरकारबाट बाहिरिन आफूहरुलाई आग्रह गरेको नेता आङ्बोले स्मरण गरे ।

0 Comments